arrow

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
mahila-volleyball-2021.jpg
तस्बिर– फाइल

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि नेपालले जितेको छ । बंगलादेशको ढाकामा आज भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । 

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २६–२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५–१५ ले जित्यो । चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्यो । 

अन्तिम सेटमा नेपाल १५–१० ले विजयी हुँदै उपाधि नै रक्षा गर्न सफल भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ