- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको बयलवासमा स्थानीयको प्रदर्शनले उग्र रूप लिएपछि एसएसपीको कमाण्डमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मसाउद आलम खाँको कमाण्डमा सुरक्षाकर्मी बयलवास ल्याइएको हो ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटक पटक झडप भइरहेको छ । प्रदर्शन थप चर्किने नदिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको छ ।
हिजो दिउँसो ३ घण्टा बढी पीडितसँग भएको वार्तामा कुनै सहमति नभएकाले आज पुनः वार्ता भइरहेको छ । भने प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मसाउद आलम खाँको कमाण्डमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी बयलवास ल्याइएको छ ।
त्यसै गरी सशस्त्र प्रहरीको पनि जम्बो टोली तैनाथ छ । आज पुनः स्थानीय र प्रहरिबीच झडप भएको छ र स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको छ ।
प्रहरी भ्यानको ठक्करबाट व्यापारीको ज्यान गएपछि हिजो र आज दिनभर ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा प्रदर्शन भइरहेको छ । आक्रोशित स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए ।