arrow

सर्लाहीको बयलवास बजार क्षेत्रमा निषेधाज्ञा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
bayalbas-sarlahi.PNG

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मङ्गलवार दिउँसो ३ बजेदेखि बुधवार साँझ ७ बजे सम्म निषेधाज्ञा जारी गरेको हो ।

प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय राम कुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि प्रशासन कार्यालय सर्लाहीले बुधवार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । 

इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका ८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ