- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन् ।
साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई दिएका हुन् ।
नेपाली टिमको जितको खबरले गौरव र खुसीको अनुभूति भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरूलाई बधाई दिए ।
उाले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी ब्यक्त गरे ।
बङ्गलादेशको ढाकामा मङ्गलवार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्बेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।