arrow

ईश्वरपुर घटना :

उच्चस्तरीय छानबिन आयोग गठन गर्न एकीकृत समाजवादीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
bayalbas-sarlahi.PNG

सर्लाही । एकीकृत समाजवादी पार्टी (एस)ले ईश्वरपुर घटनाको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । एसको जिल्ला कमिटी सर्लाहीले ईश्वरपुर-७ मा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो । अध्यक्ष सुरेन्द्र लामाले बुधबार विज्ञप्ति जारी गर्दै समिति बनाउन माग गरेका छन् ।

‘घटनाको सत्य, तथ्य छानबिनका लागि नेपाल सरकारले नै उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागमा यो पार्टी सहमत छ । छिटोभन्दा छिटो नेपाल सरकारलाई उच्चस्तरीय छानबिन आयोग गठन गर्न सबै पक्षले वातावरण बनाउनु आवश्यक छ । त्यस बाहेक दोषी जो सुकै भए पनि कानुनी कारबाही हुने प्रतिबद्धता, मृतकका परिवारलाई उचित क्षतिपूर्ति,राहत, सन्ततिको शिक्षा, परिवारमा रोजगारीलगायतका विषयमा स्थानीय प्रशासन एवम्  ईश्वरपुर नगरपालिकालाई पनि चाँडोभन्दा चाँडो निर्णयमा पुग्न हामी जोडदार माग गर्दछौँ,’ अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

ईश्वरपुर-७ मा प्रहरीको भ्यानमा ठोक्किएर आइतबार व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । महतोको मृत्यु भएपछि भएको प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले मङ्गलवार दिउँसो तीन बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधि आज साँझ ७ बजेसम्म जारी रहने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

समाजवादीले सार्वजनिक सम्पत्तिको क्षति, सर्वसाधारण एवम् सुरक्षाकर्मी घाइते तथा जनप्रतिनिधिमाथि हातपातका घटनाप्रति दुःख व्यक्त गर्दै विरोध जनाएको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ