- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका व्यापारी रामकुमार महतोको परिवारलाई राहत स्वरूप १० लाख रुपियाँ उपलब्ध गराउने सहमति भएको छ ।
आज लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीहरुबीच छ घण्टा भन्दा बढी भएको छलफलबाट पीडितलाई १० लाख रुपियाँ उपलब्ध गराउने लगायत ६ बुँदे सहमति भएको हो ।
छलफलले घटनाको सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतकमा आश्रित परिवारका सदस्यलाई रोजगार र शिक्षादीक्षाका लागि स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स लगायतका सङ्घ संस्थासँग समन्वय तथा अनुरोध गर्ने सहमति भएको छ ।
प्रहरी र प्रशर्दनकारीबीच भएको झडपका आम नागरिक तथा व्यक्तिहरूको सम्पत्तिमा पुग्न गएको क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति तथा झडपमा घाइते भएकाको उपचारका लागि प्रचलित कानून बमोजिम केन्द्रमा सिफारिस गर्ने भएको छ ।
त्यसै गरी, घटनाको विषयमा भएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिई राजनैतिक दल, सङ्घ संस्था, उद्योग व्यवसायी, नागरिक समाजले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने र मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने सहमति भएको छ ।