arrow

नागरिक संगठनद्वारा सृजना गरिएका तथ्याङ्कलाई सरकारले मान्यता दिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
traninnng.jpg

काठमाडौं । दिगो विकास कार्यान्वयनको अनुगमनका लागि नागरिक वा नागरिक संगठनद्वारा सृजना गरिएका तथ्याङ्कलाई सरकारले मान्यता प्रदान गर्नुपर्ने एक कार्यक्रममा सहभागी युवाहरुले वताएका छन ।

काभ्रेको धुलिखेलमा युथ एड्भोकेसी नेपालले नेपाल एसडिजी फोरम, भिएसओ नेपाल, पार्टनस्र्स फर रिभ्यु, गैर सरकारी संस्था महासंघ तथा बियोन्ड बेईजिङ्गसँग सहकार्यमा आयोजना भएको ुनागरिकद्वारा श्रृजना गरिएको तथ्याङ्क र दिगो विकासु नामक प्रशिक्षण कार्यक्रममा युवाहरुले उक्त कुरा बताएका हुन्।

प्रशिक्षण कार्यक्रममा जनसंख्याविद डा.पद्म प्रसाद खतिवडाले भने,'नागरिकद्वारा बिभिन्न माध्यमबाट प्राप्त गरिएका तथ्याङ्क पुरक हुन तर प्रतिस्थापन होइन,’ उनले अगाडि भने, 'नागरिकद्वारा श्रृजना गरिएका तथ्याङ्कले दिगो विकास लक्ष्यको कार्यन्वयन प्रगति मापन गर्न महत्वपूर्ण भूमिका खेल्नुको साथै सरकारी तथ्याङ्क अभावलाई पनि पुरा गर्दछ ।' नेपालमा योजनाविददेखि आम नागरिकसम्म तथ्याङ्क साक्षरताको अभाव रहेको केन्द्रिय तथ्याङ्क विभागका निर्देशक रामहरी गैरेले औल्याए ।

सरकार र नागरिक समाजको प्रभावकारी सहकार्य तथा समन्वयले तथ्याङ्कको गुणस्तरियता तथा विश्वसनियतालाई बढाउन सकिनेमा गैरेको जोड थियो । विश्वका कतिपय देशमा नागरिक समाजद्वारा श्रृजना गरिएका तथ्याङ्कले दिगो विकास कार्यन्वयनको अनुगमनमा महत्वपुर्ण योगदान गरेको उल्लेख गर्दै नेपालमा पछाडी पारिएका बर्ग, समुदाय र क्षेत्रसँग सम्बन्धित मुद्धामा नागरिक समाज तथा युवाहरुले तथ्याङ्क संकलन गर्नु पर्ने भिएसओ नेपालका ग्लोवल पोलिसी एडभाईजर राजकुमार गन्दर्भले बताए ।

बिभिन्न क्षेत्रका ३० भन्दा बढी युवाहरुको सहभागिता भएको कार्यक्रममा सुरन महर्जन, हुम भण्डारी, गीता चौधरी, गणेश धामी, दिवाकर उप्रेती, विनय कार्की लगायतका विषय बिज्ञहरुले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

नेपालमा पहिलो पटक नागरिकद्वारा कसरी तथ्याङ्क श्रृजना गर्न सकिन्छ भनेर युवाहरुलाई प्रशिक्षण दिएको जानकारी गराउदै यस्ता प्रकृतीका कार्यक्रमहरु युवालाई लक्षितगरी सातै प्रदेश तथा स्थानिय निकायहरुमा आगामी दिनमा संचालन गरिने कार्यक्रमको आयोजक संस्था युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए ।



नयाँ