arrow

निर्वाचनको मिति घोषणा छिट्टै हुन्छ : गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
Balkrishna khanddd.jpg

पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले छिट्टै निर्वाचनको मिति घोषणा हुने बताएका छन् । 

राजनीतिक दलहरू महाधिवेशन सकेर निर्वाचन उन्मुख भएको भन्दै उनले निर्वाचन आयोग र दलहरूबीच छलफल गरेर छिट्टै निर्वाचन घोषणा हुने उल्लेख गरे ।

कास्की काँग्रेसद्वारा पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई संशोधन गर्दै गृहमन्त्री खाँडले निर्वाचनमा विश्वास नगर्ने र बन्दुकको नालबाटै सत्ता प्राप्त गर्न सकिन्छ भन्ने दलहरू पनि निर्वाचनमा लागिसकेको बताए । 

उनले अब नेपाली कांग्रेस पनि निर्वाचनमा लाग्नुको विकल्प नभएको स्पष्ट पारे । 

गृहमन्त्री खाँडले आगामी निर्वाचनमा कांग्रेस कमजोर भयो भने देश, विधिको शासन, लोकतान्त्रिक प्रणाली र सञ्चार जगतले पनि ठुलो मूल्य चुकाउनुपर्ने अवस्था आउने बताए । 

उनले सबैलाई बलियो बनाउन कांग्रेसले आगामी निर्वाचन जित्नुको विकल्प नभएको स्पष्ट पारे । 

गृहमन्त्री खाँडले महाधिवेशनले पार्टीलाई ऊर्जाशील र गतिशील बनाउने विश्वास व्यक्त गरे । 

उक्त अवसरमा पार्टी सभापति किशोरदत्त बराल र सचिव भानुभक्त ढकालले पनि बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ