arrow

पोखराका पर्यटकीय क्षेत्र चौविसै घण्टा खोल्न सरकारले सहयोग गर्छ : गृहमन्त्री खाँड

logo
हरि पन्त,
प्रकाशित २०७८ पुष १६ शुक्रबार
Balkrishna Khand.jpg

पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले पोखराका पर्यटकीय क्षेत्रहरु चौैविसै घण्टा खुला गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाँडले यस्तो बताएका हुन् । 

उनले पोखराका होटल व्यवसायहरु चौविसै घण्टा खोल्नका लागि राज्यले सहयोग गर्ने स्पष्ट पारे । होटल व्यवसाय चौविसै घण्टा सञ्चालन गर्दा तत्काल केही समस्या समाधान आउने भए पनि समाधानद गर्दै जानुपर्ने खाँचो उनले औंल्याए ।

होटल व्यवसायीले पनि स्थानीयवासीको जीवनस्तरमा कुनै समस्या नआउने गरि आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

पोखरा आएका पर्यटकलाई जतिबेला खान मन लाग्यो त्यतिबेलै खान पाउने व्यवस्था गर्न र सुरक्षाकर्मी आएर बन्द गर्ने अवस्था सृजना हुन नदिन मिडियाले पनि सहयोग गर्नुपर्ने बताए ।

गृहमन्त्री खाँडले शुरुमा पोखरा र त्यसपछि अन्यत्रका पर्यटकी क्षेत्र चौविसै घण्टा खोल्दै जानुपर्ने स्पष्ट पारे ।

एमसीसीका विषय

गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कुनै सैन्य गठवन्धन नभई नेपालको भौतिक विकासका लागि भएको बताएका छन् ।

उनले एमसीसी कसैले दिन नखोजेको तर नेपाल सरकार आफैले अघि बढाएको परियोजना भएको स्पष्ट पारे ।

गृहमन्त्री खाँडले नेपाल जलश्रोतको धनी मुलुक भएकाले नेपालमा प्रतावित भएका र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत खपत गर्न र निर्यात गर्नका लागि विद्युतको ट्रन्समिशन निर्माण र सडक विस्तारका लागि एमसीसी परियोजना अघि बढाइएको बताए ।

एमसीसी तिर्नुपर्ने रकम नभइ शुद्ध अनुदान भएकाले नेपालले यसको सदुपयोग गर्नुपर्ने गृहमन्त्री खाँडले बताए ।

आगामी निर्वाचन

गृहमन्त्री खाँडले आगामी निर्वाचन उपयुक्त समयमा हुने उल्लेख गरे । उनले राजनीतिक दलहरुको सहयोगमा निर्वाचन आयोगको सहकार्यमा सबै निर्वाचनहरु उपयुक्त समयमै हुने स्पष्ट पारे ।

शान्ति सुरक्षाका सवाल

गृहमन्त्री खाँडले पोखरा र समग्र गण्डकी प्रदेशमा शान्ति सुरक्षा अमनचयनका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

उनले सुरक्षाका सवालमा पोखरामा गम्भीर छलफल भएको भन्दै सुरक्षाकर्मीलाई अझै गम्भीरतापूर्वक लाग्न निर्देशन दिइएको जानकारी दिए

कांग्रेसका कुरा

गृहमन्त्री खाँडले १४औं महाधिवेशनले नेपाली काँग्रेस पार्टीमा र जनतामा पनि उत्साह ल्याएको बताए ।

उनले यो उत्साहले काँग्रेसले अबको निर्वाचनमा बहुमत ल्याएर फेरि अर्को सरकार सञ्चालन गर्ने र मुलुकलाई समृद्धिमा पुर्याउनले स्पष्ट पारे ।

उनले अब कांग्रेस नयाँ उद्देश्य र लक्ष्यसहित अघि बढ्ने भन्दै पार्टीभित्रका सबै पक्षलाई एकठाउँमा उभ्याएर सभापति शेरबहादुर देउवाले पार्टी र देश सञ्चालन गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ