arrow

देउवाद्धारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
sher-bahadur-deuba-1233123.JPG
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झना गर्दै देउवाले शुभकामना दिएका हुन् । 

‘वीपी कोइराला २०३३ साल पुस १६ गते तत्कालीन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्याननै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देश भित्र प्रवेश गर्नु भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व छ । यो दिनले हामी सबैलाई सधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिवद्धताका लागि प्रेरणा दिइरहेको छ’ देउवाको शुभकामना सन्देशमा भनिएको छ । 

उनले शुभकामना नोट जारी गर्दै लेखेका छन्, ‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ । नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्यपूर्ण छ । यो दिवसले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ