arrow

वीपी विचारको मन्थन 

logo
युवराज रेग्मी,  
प्रकाशित २०७८ पुष १६ शुक्रबार
bp-bichar-gosthi-evergreen.jpg

दमक । नेपाली कांग्रेस झापा जिल्ला क्षेत्र नं ५ क्षेत्रीय समितिले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । पुस १६ गते राष्ट्रिय  मेलमिलाप दिवसको अवसरमा क्षेत्रीय समितिको आयोजनमा दमकस्थित क्षेत्रीय समितिको कार्यालयमा विचार गोष्ठी सम्पन भएको हो ।

झापा ५ क्षेत्रीय सभापति ढुन्डिराज भण्डारीको सभापतित्व तथा केन्द्रीय सदस्य एवं संघीय संसद महिन्द्राकुमारी लिम्बुको प्रमुख आतित्यमा आयोजित कार्यक्रममा पार्टीका वक्ताहरुले वीपीको योगदान र त्यागलाई सम्झदै कार्यक्रममा आफ्ना विचारहरु राखेका थिए ।

हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा पार्टीभित्र रहेका गुट, उपगुट र आन्तरिक तिक्ततालाई भुल्दै विजेता बनेका नेतागणले पराजित भएका नेतागणहरुलाई साथमा लिएर अगाडि बढ्नु जरुरी रहेको सन्देश उनीहरुले दिएका थिए ।

नेपाली कांग्रेसका संस्थापक एवं कांग्रेसको  प्रजातान्त्रिक समाजवाद सिद्धान्तका प्रतिपादक महामानव वीपी कोइराला सहितका नेताहरू आठ वर्षसम्म भारतमा निर्वाशित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झना गर्दै कांग्रेसले हरेक वर्ष पुस १६ गतेका दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।

यसलाई औपचारिकतामा सीमित नराखी उक्त महत्वपुर्ण दिनको  मर्म र भावनालाई आत्मसात् गर्दै यस  महत्त्वपूर्ण  दिवसले सधैँभरि राष्ट्रिय एकता र आपसी मेलमिलापको महत्वपूर्ण सन्देश कांग्रेसजनलाई दिएको छ। 

 यसै महत्वपूर्ण दिनको सम्झना गर्दै झापा क्षेत्र ५ को क्षेत्रीय समितिको आयोजनामा वीपीको तस्बिर अगाडि नतमस्तक हुँदै उनको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै सम्झना स्वरुप विचार गोष्ठीको आयोजना गरेको हो  ।



नयाँ