arrow

हिमपातकाबीच मुस्ताङमा मनाइयो राष्ट्रिय मेलमिलाप दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
congress-mustang-2021-666.jpg

मुस्ताङ । यतिबेला देशैभर चिसो छ । अझ हिमाली भेगमा त हिमपातले बसिसक्नु छैन । तर त्यही हिमपातलाई सिरानी लगाएरै नेपाली कांग्रेसले शुक्रबार वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । 

भीषण हिमपातकाबीच पनि राष्ट्रिय मेलमिलाप दिवस मनाइएको कांग्रेस जिल्ला सभापति रोमी गौचन थकालीले बताए । कांग्रेसका संस्थापक एवं कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक वीपी सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । 

यसलाई औपचारिकतामा सीमित नगरी यसको मर्म र भावनालाई आत्मसात् गर्न सक्ने हो भने दिवसले सधैँभरि राष्ट्रिय एकता र आपसी मेलमिलापको महत्वपूर्ण सन्देश दिएको छ । 

वीपी कोइरालासहित लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका दर्जनौँ नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।  
    
प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने वीपीको प्रष्ट भनाइले तत्कालीन अवस्थामा मुलुकको राष्ट्रियता कति सङ्कटमा थियो भन्ने प्रष्ट हुन्छ ।

वीपीले राष्ट्रियताको कुरा गर्दा दक्षिण एसियाको सामरिक सन्तुलन र नेपालको जटिल भूराजनीतिलाई केन्द्रमा राखेको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ