arrow

मेलमिलापबाट नै एकता सम्भव

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७८ पुष १७ शनिबार
kapalbastu-congress.jpg

कपिलवस्तु । मेलमिलापबाट नै एकता हुने एक कार्यक्रमका वक्ताले बताएका छन् । ४६औं मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कपिलवस्तुले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिप्रेक्ष्यमा बीपीका मेलमिलापको सान्दर्भिक’विषयक विचार गोष्ठीमा यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै संघीय सांसद अतहर कमालले बीपीले जस्तै अहिले पार्टी तथा राजनीतिमा मेलमिलापको खाँचो रहेको बताए । हालै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विजयी तथा प्रतिस्पर्धीहरुले हारजित हो नभनी संगठन निर्माण र जिम्मेवारी मात्र हो भनी मनन गर्नुपर्ने बताए ।

त्यस्तै आमन्त्रित पूर्वकेन्द्रीय सदस्य राजेश सिंहले बीपीकाृ मेलमिलाप त्याग र राष्ट्रियताको लगाव र सिद्धान्तले पार्टी र देशमा लोकतन्त्र आएको आभाष भएको बताए । आगामी दिनमा पनि बीपीको चिन्तन र दर्शनलाई एक आपसमा मिलेर सपना साकार पार्नुपर्ने बताए ।

पार्टी सभापति अब्दुल कलामले पार्टीमा काखा र पाखा नभई सबैको अभिभावक भएर काम गर्ने र संगठन निर्माण गर्ने बताए । विगतका बीपी जस्ता नेताको त्यागको कारण आएको लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आफुहरुले मनन गरि सही स्थानमा सही कार्यकर्ताहरु परिचालन गरि संगठन निर्माण गर्ने बताए ।

कार्यक्रममा पूर्व विकास समितिका सभापति रमेश शर्मा, प्रदेश सदस्य रविन्द्र ठाकुर, वाँणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद चौधरी, महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा, महाधिवेशन प्रतिनिधी कृष्ण पौडेल क्षेत्रीय सचिब गगेशनाथ तिवारी, जिल्ला सहसचिव ओजी अरसद, कपिलवस्तु नगर सभापति खुर्सेदअहमद खांलगायतले मेलमिलापको बारेमा बोलेका थिए। जिल्ला सभापति अब्दुल कलामको सभापतित्व सचिव शक्ति सिंह ठकुरीको संचालन उपाध्यक्ष हुमकान्त खनालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।



नयाँ