arrow

सशस्त्रको जागिर खान नक्कली परीक्षार्थीको सहारा, दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
Arrest-Crime.jpg

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका दुई जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निलकुमार अदै र धनकुटाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षे सौहार्द राई हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर  १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने  सौहार्द राईले परीक्षा दिने प्रयास गरेको  सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

 हालै प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी  परीक्षार्थीहरुको यकिन गर्ने क्रममा नक्कली परिक्षार्थी प्रमाणित भएको हो । 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको निरीक्षक थापाले जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ