arrow

वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित १४ जना जुवाखालबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
jajarkot.png

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताए । 

ती प्रहरी अधिकृत अनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । उनीहरूले जुवा खेलमा मोबाइल बैंकिङको प्रयोग गरेका कारणले थप रकमको खेल भएको जानकारी दिए । प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ