- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। धनुषामा प्रहरीले गोली चलाउँदा पाँच जना प्रदर्शनकारी र एक जना प्रहरी घाइते भएका छन् ।
किसान आन्दोलन अन्तर्गत सीके राउतको जनमत पार्टीले गरिरहेको अनिश्चतकालिन राजमार्ग घेराउ कार्यक्रमको क्रममा प्रहरीले गोली चलाएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-८ स्थित पोर्ताहामा प्रहरीले अचानक गोली चलाउन थालेपछि पाँच जना घाइते भएका हुन् ।
एक जना स्थानीयका अनुसार आन्दोलन कारी राजमार्ग अवरोध गर्न पोर्ताहा चोकमा थिए । वीरेन्द्र बजार स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमान्डको टोलीले गोली प्रहार गरेपछि पाँच जना घाइते भएका हुन् ।
घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । प्रहरीले अचानक २५ सेल आँश्रुग्यास र प्लास्टिकका गोली चलाउन थालेको थियो । एक जना प्रहरीले बुलेट नै चलाए पनि बन्दुक बिग्रेकाले उनको आफ्नै मुखमा चोट लागेर घाइते भएको स्थानीयले बताए ।
प्राप्त जानकारी अनुसार गोली लागि घाइते हुनेहरूमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सञ्जय साह छन् । टाउकोमा गोली लागेका वैजनाथ र नथुनीको अवस्था गम्भीर रहेको छ।