- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रहरीको दमन बन्द नभए किसान आन्दोलनले नयाँ रुप लिने बताएका छन् । आइतबार दिउँसो धनुषामा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदा आफ्ना ५ जना कार्यकर्तामाथि दमन गरेको भन्दै डा.राउतले प्रहरीले बन्दुकको दम्भ देखाएको आरोप लगाए ।
‘हामी शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहँदा साथै तीन घन्टामात्र चक्काजाम गर्न माग गर्दागर्दै प्रहरी दमन गर्यो । दमन सहन नसकेपछि आन्दोलनकारी मात्र होइन स्थानीय पनि सडकमा उत्रिएका थिए । तर नश्लिय प्रहरीले आफ्नो बन्दुकको दम्भ देखायो । यो क्रुर दमन बन्द नभए आन्दोलन नयाँ रुपले शसक्त ढंगले अघि बढ्छ,’उनले भने ।
आइतबार धनुषाको गोदारमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदा १३ जना घाइते भएका थिए । झडपमा परी प्रदर्शनकारीतर्फ ८ तथा प्रहरीतर्फ ५ जना घाइते भएका हुन् ।
प्रहरीले रबरको गोली मात्र नभइ अर्को गोली पनि चलाएको आन्दोलनकारीको भनाइ छ । प्रहरीले नरसंहार चलाउन खोजेको उनीहरुको भनाइ छ ।