arrow

कास्कीका चार नेता माओवादीको केन्द्रीय सदस्यमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
Karan.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सदस्यमा कास्कीका चार जना निर्वाचित भएका छन् । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा कास्कीबाट चार जना केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

कास्कीबाट राजकाजी गुरुङ (करण), खीमलाल देवकोटा, दुर्गा विक र सोमती गुरुङ माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका हुन् । करण जनजाति, देवकोटा खसआर्य, विक दलित महिला र सोमती गुरुङ जनजाति महिलाबाट केन्द्रीय निर्वाचित भएका हुन् ।

गुरुङ र देवकोटा यसअघि पनि केन्द्रीय समितिमा थिए । गत पुस ११ गतेदेखि काठमाडौँमा जारी माओवादी केन्द्रको महाधिवेशन आइतबार साँझ केन्द्रीय कमिटीका सदस्यहरु चयन गर्दै सम्पन्न भएको थियो । 

कमिटीले अध्यक्ष लगायतका पदाधिकारी चयन गर्नेछ । केन्द्रीय कमिटी बैठक आजै बस्ने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन हलमा केन्द्रीय समितिको नामावली प्रस्तुत गरेकोमा हलले सर्वसम्मत पारित गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ