arrow

नेपालमै कोरोना विरुद्धको तेस्रो डोज लगाउन शुरु, यी समूहमा पर्नेले लगाउन पाउने छन् पहिले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
Covid-vaccine-corona.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको तेस्रो डोज अथवा थप अतिरिक्त डोज लगाउन शुरु गरेको छ । विभिन्न देशहरूमा बुस्टर डोज भनेर दिइँदै आएको खोपको थप मात्रा सरकारले नेपालमा पनि दिन शुरु गरेको हो ।

तेस्रो डोज लगाउनका लागि सरकारले जोखिमपूर्ण अवस्थाका ६ समूहहरू तोकेको छ । यस्तै खोपको तेस्रो अथवा अतिरिक्त मात्रा लगाउन पूर्ण खोप लगाएको कम्तीमा तीन महिना पुगेको हुनुपर्ने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मध्यम र गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रोगीहरू, अङ्ग प्रत्यारोपण गरेको बिरामीहरू, एचआइभी भएका बिरामीहरूले तेस्रो मात्रा लगाउन पाउने छन् ।

यस्तै, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि प्रयोग गरिरहेका र सिनो फार्म या भेरोसेल खोप लगाएका ६० वर्षमाथिका नागरिकहरूले पनि तेस्रो मात्रा लगाउन पाउने छन् ।

मन्त्रालयले पहिले जुन खोप लगाएको हो सोही खोपको तेस्रो मात्रा लगाउन आग्रह गरेको छ । लक्षित समूहमा पर्ने व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा गएर तेस्रो मात्रा लगाउन सक्नेछन् ।

यस्तो छ मन्त्रालयको सूचना:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ