arrow

जनउत्थानलाई भलिबल र माछापुच्छ्रेलाई बास्केटबल उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
Machhapuchhre.jpg

पोखरा । ल्होसार सेन्चुरी मेलामा भलिबलतर्फको उपाधि जनउत्थान दिगो विकास संस्थाले जितेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ छोम्रोङमा सेञ्चुरी युवा क्लबको आयोजनामा महोत्सव सम्पन्न भएको हो ।

फाइनल खेलमा सेन्चुरी युवा क्लब घुर्जुङलाई २५–२०, २५–१५ र २५–२२ को सोझो सेटले पराजित गर्दै जनउत्थानले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै सो संस्थाले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार प्राप्त गर्यो । उपविजेता बनेको सेन्चुरी क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित १५ हजार प्राप्त गर्यो । 

यसैगरी तृतीय स्थान हासिल गरेको मिलन युवा क्लब याङ्जाकोटले आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । उनका अनुसार भलिबलतर्फ प्रतियोगिताबाट उत्कृष्ट खेलाडीका रुपमा सीसीवाईसीका शिव गुरुङ घोषित भए भने उत्कृष्ट स्पाइकरका रुपमा जनउत्थानका सुवास नेपाली पुरस्कृत भए । 

यता, बास्केटबलतर्फ माछापुच्छ्रे युवा क्लव तल्लोगाउँ च्याम्पियन बनेको छ । फाइनल खेलमा मिलन युवा क्लव याङ्जाकोटलाई ६२(५८ ले पराजित गर्दै माछापुच्छ्रे युवा क्लब च्याम्पियन बनेको हो ।

विजेता माछापुच्छ्रेले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्यो । उपविजेता मिलन युवा क्लबले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजार पुरस्कार प्राप्त गर्यो । 

सो प्रतियोगितामा तृतीय स्थान हासिल गरेको ग्याघोथरलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित आठ हजार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार सो खेलबाट सर्वाधिक स्कोररबाट माछापुच्छ्रे क्लबका ईच्छे गुरुङ पुरस्कृत भए भने उत्कृष्ट खेलाडीका रुपमा याङ्जाकोटका सरोज गुरुङ घोषित भए । 

सो मेलामा भलिबलतर्फ १४ टिम र बास्केटबलतर्फ १० टिम सहभागी थिए । विजेता खेलाडीहरुलाई अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङ, सीएमसीका अध्यक्ष गुञ्जमान गुरुङ, पर्यटन व्यवस्थापन समिति छोम्रोङका उपाध्यक्ष जगन्नाथ गुरुङ, क्लब अध्यक्ष मिकास गुरुङ तथा मेला संयोजक राम गुरुङ लयागतले पुरस्कार वितरण गरेका थिए । 



नयाँ