arrow

ओमिक्रोन भन्दा 'झनै खतरनाक भेरियन्ट आईएचयू' भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
ihu-new-variant.jpg

काठमाडौं । गत नोभेम्बरमा पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको भेरियन्ट ओमिक्रोनले विश्वभर सङ्क्रमण फैलाइरहेका बेला फेरि फ्रान्समा अर्को भेरियन्ट फेला परेको छ ।

फ्रान्सेली सरकारको सहयोगमा गरिएको अध्ययनले देशभरमा १२ जनामा 'आईएचयू' (अस्थायी नाम) दिइएको भेरियन्टको सङ्क्रमण भइसकेको छ ।

४६ उत्परिवर्तन भएको यो भेरियन्ट पनि बढी शक्तिशाली हुनसक्ने देखिएको छ । यो भेरियन्ट कुन किसिमको छ भनेर अहिले नै विश्लेषण गर्न सकिने अवस्था नरहेको यो भेरियन्टका एक खोजकर्ता फिलिप कोल्सनले बताएका छन् ।

अधिकारीहरूका अनुसार यो भेरियन्ट देखिएको पहिलो खोप लगाइसकेको व्यक्ति मध्य अफ्रिकी देश क्यामरुनबाट आएका थिए । केही दिनपछि उनमा लक्षण देखिएको तर जाँच गर्दा कोरोना पुष्टि भए पनि डेल्टा र ओमिक्रोनमा कुनै भेरियन्ट पनि पुष्टि भएन ।

त्यसपछि सोही क्षेत्रमा बस्ने थप ७ जनाको पनि नमुना परीक्षण गरिएको थियो । जसमा दुई वयस्क र पाँच १५ वर्ष मुनिका बालबालिकाहरू थिए ।

त्यसपछि उनीहरूको नमुना फ्रान्सेली सरकारी अधिकारीहरूको आग्रहमा भूमध्य सङ्क्रमण विश्वविद्यालय अस्पताल संस्थानमा जिनोम सिक्वेन्सिङ गरिएको थियो ।

त्यसपछि यो नयाँ भेरियन्ट फेला परेको र यसमा ४६ नयाँ उत्परिवर्तन भएका देखिए भने ३७ पुराना स्वरूपहरू हटेको पाइएको हो । नयाँ भेरियन्ट भेटिएको फ्रान्सको मार्सिल्समा अहिले निगरानी बढाइएको छ भने, विज्ञहरूले यो भेरियन्टमाथि अध्ययन अनुसन्धान सुरु गरेका छन् ।

थप अध्ययन एवं विश्लेषणपछि यो भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले नामकरण गर्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ