arrow
ADVERTISEMENT

शिक्षामन्त्रीका पिताको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
nepali-congress-flag.jpg

काठमाडौ् ।  नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले आज शोक वक्तव्य जारी गर्दै सभापति एवम् प्रधानमन्त्री देउवाले श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

उनको आज ९५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँमा निधन भएको काँग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ