arrow

प्रधानमन्त्री देउवासँग बिमस्टेकका महासचिव तेन्जिन लेक्फेलले गरे भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
deuba-bemistec-tenzin-lekphell.jpg

काठमाडौं । प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवासँग महासचिव लेक्फेलले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

उक्त भेटवार्ताका क्रममा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने र बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि पर्यटन मन्त्री प्रेम आले, ऊर्जा मन्त्री पम्फा भुसाल लगायतसँग महासचिव लेक्फेलले भेटवार्ता गरेका छन् । महासचिव लेक्फेलले काठमाडौं स्थित सार्क सचिवालयमा पुगेर महासचिव एसला विराकुनसँग समेत भेटवार्ता गरेका थिए ।

ऊर्जा मन्त्री भुसालसँगको भेटका क्रममा महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने विषयमा सबै सदस्य राष्ट्रहरू सक्रिय भएर लाग्नुपर्ने बताएका थिए ।

बिमस्टेकको पाँचौँ शिखर सम्मेलन आगामी ३० मार्च २०२२ मा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव भएको थियो । सो र अन्य विषयमाथि छलफलका लागि बिमस्टेकका महासचिव लेक्फेल नेपाल भ्रमणमा आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ