- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले सभापति शेरबहादुर देउवा पछि रामचन्द्र पौडेल नै वरिष्ठ नेता भएको बताएका छन् आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको र दोस्रो वरियतामा राखेको सुनाए ।
उनले भने,‘प्रकाशमानजी, विमलेन्द्र निधिलाई केन्द्रीय समितिमा मनोनीत गर्नुभयो । कृष्णप्रसाद सिटौलालाई पनि मनोनीत गर्नुभयो । अहिलेसम्म १३ जनाको मनोनीत भएको छ । यो मनोनीत कुनै गुटको होइन । वरिष्ठ नेता भनेको भोट ल्याएर हुँदैन, पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल नै हो । शेरबहादुर देउवापछि पौडेल नै वरिष्ठ नेता हो । वरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्छ । पाटीलाई योगदान गरेको नेता हुनुपर्छ । अहिले सबै कार्यकर्ता मनमा देउवापछि पौडेल नै हुनुहुन्छ । अहिले देउवाले सम्मान व्यक्त गर्नुभयो ।’
देउवाले पार्टीका सबै नेताहरूलाई मिलाएर लैजाने विश्वास व्यक्त गरे। उनले भने,‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुई वटा केन्द्रीय कमिटीको बैठक राख्नुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुन खालको आन्तरिक प्रतिस्पर्धा भएको छ। एसियाली मुलुक्ककोलागि मात्रै होइन, संसारकै लोकतान्त्रिकता देशलाई चुनौती भएको छ। तपाईँले एमालेकै महाधिवेशन हेर्नुभयो । खोलाको किनारामा केही मान्छेलाई जम्मा गरेर, पञ्च र्यालीजस्तो भयो । अन्य पार्टीको पनि हेर्नुभयो । तर, नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा भयो।’
उनले अब हुने निर्वाचनमा कांग्रेसले जित्ने पनि दाबी गरे । उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि यादवको भनाई थियो । उनले भने,‘अब जनताले यसअघि गरेको गल्ती सच्याउनेछन् ।’ उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा राखे पनि राखे । उनले भने,‘यो गर्नु गलत हो । जे सुझाव दिने हो, सिधै सभापतिलाई दिनुहोस् । त्यो सुझावको सुनुवाइ हुन्छ ।’
उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रूपमा, सबभन्दा बढी अभ्यास गराउने नेतामा गनिएको चित्रण गरे । उनले भने,‘सबैको साझा सभापति हो, हुन त उहाँले सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र लिने बेलामा म भोट दिनेको पनि र नदिनेको पनि सभापति हुँ भन्नुभयो । उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन ।’
उनले सभापति देउवाले गुटगत आधार नदेखाएको स्पष्ट पारे । उनले भने,‘अहिले आँत्तिईहाल्नुपर्ने अवस्था छैन । उहाँले अझै सबैलाई समेट्नुहुन्छ । राष्ट्रियसभाको उम्मेदवार दिँदा पनि सबैको साझा सभापतिको भूमिका देखाउनुभयो । शेखर कोइरालाले बोलाएको बैठकको आवश्यकता थिएन । हुन त उहाँले भागबन्डाको राजनीति गर्दिन भन्नुभयो । अहिले आफ्नो एजेन्डाबाट आफैँ पछि पर्नुभयो ।’
उनले देउवा पार्टी सभापति निर्वाचित भएको एक महिना पनि नभएको सुनाए । उनले भने–‘अहिले एक महिना नै भएको छैन । तीन महिना त हनिमुन पिरियड हो । केही साथी छुट्नुभएको छ । सबैलाई उहाँले समेट्नुहुन्छ । उहाँले अन्य पार्टीलाई पनि समेट्नुभएको छ।’