arrow

धनुषाको सभापतिमा 'जोगी' को उम्मेदवारी घोषणा 

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ पुष २१ बुधबार
congress-dhanusha.PNG

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि योगेन्द्र पजियार ‘जोगी’ले उम्मेदवारी घोषणा गरेका छन् । 

आगामी माघ १५ गते हुन लागेको धनुषा जिल्ला अधिवेशनमा सभापतिका लागि क्षिरेश्वरनाथ नगरपालिकाका मेयर ‘जोगी’ले उम्मेदवारी घोषणा गरेका हुन्।

पजियारको नाम प्रदेश नम्बर दुईका संसदीय दलका नेता रामसरोज यादवले प्रस्ताव र धनुषा सभापति महेशशंकर गिरीले यादवको प्रस्तावलाई समर्थन गरेका छन् ।

बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि पजियारले बिमलेन्द्र निधी समूहको तर्फबाट जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । 

उम्मेदवार पजियारले आफू तीन वा चार जनानै उम्मेदवार भए पनि पहिलो चरणमै जित्ने दावी गरे।

प्रदेश नमुना दुईको अधिवेशनमा सरकार र सत्ताको दम्भ र धाकधम्कीहरु आएको दावी गर्दै पजियारले जिल्ला अधिवेशनमा त्यो नचल्ने र त्यसको जवाफ दिनुपर्ने समेत जानकारी गराए । 

पजियारका प्रस्तावक प्रदेश मन्त्री यादवले तर्क राख्दै भने,पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दावी गर्दै सबैले कुशल नेतृत्व ल्याउन मद्दत गर्नुपर्ने बताएका छन् ।

वर्तमान जिल्ला सभापति गिरीले पजियार कुशल नेतृत्व दिन सक्ने भएकोले आफ्नो भरपुर समर्थन रहने जानकारी गराए।

 प्रदेश २ को पहिलो अधिवेशन सम्पन्न भएसँगै देशमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशनको रङ्ग चढेको छ । 

यस अघि जिल्ला अधिवेशन पुष २७ गतेका लागि तय भएको थियो । अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रीय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।



नयाँ