arrow

आफूमा यी कमी भए कहिल्यै मिल्नेछैन सफलता

logo
विदुर नीति,
प्रकाशित २०७८ पुष २१ बुधबार
vidur-niti1.jpg

महात्मा विदुर आफ्नो तीक्ष्ण बुद्धि र दूर दृष्टिको लागि परिचित थिए। उनको दूरदर्शिता देखेर सबै कायल थिए । महाभारत युद्ध हुनुअघि महात्मा विदुर र राजा धृतराष्ट्रबीच नीतिगत कुराकानी भएको थियो, त्यसलाई 'विदुर नीति' भनिन्छ। 

महाभारत कालका ती नीतिहरू आज पनि सान्दर्भिक छन्। विदुर नीतिका अनुसार यदि कुनै व्यक्ति भित्र यी कुराहरू भएमा उ कहिल्यै सफल हुनेछैन । 

आलस्य- जो व्यक्ति हरेक काममा अल्छी गर्छ, उसमाथि लक्ष्मीको कृपा रहँदैन। प्रायः यस्ता व्यक्तिहरूले कुनै पनि काम अर्को दिन गरौला भनेर स्थगित गर्छन्, तर त्यसो गरेर उनीहरूले आफ्नै हानि गर्छन्। विदुर नीति अनुसार मानिसको अन्तिम शत्रु आलस्य हो । त्यसैले प्रत्येक व्यक्तिले आलस्य त्यागेर मेहनत गर्नुपर्छ।

भगवान्‌‌मा आश्रित : धेरै मानिसहरू भगवान्‌‌मा आश्रित हुन्छन् । उनीहरूको मुखबाट सधैँ  हामी भगवान्‌को भरोसामा छौ, हुन्छ त्यही जुन उनले गर्नेछन् भन्ने सुनिन्छ । तर त्यसो गर्नेहरूको जीवन सधैँ आर्थिक सङ्कटमा बित्छ। भगवान्‌मा विश्वास आवश्यक छ तर साथसाथै कार्य पनि गर्न आवश्यक छ। मेहनत अनुसार भगवान्‌ले पनि साथ दिनुहुनेछ।

धेरै चाहनेहरू : प्राय मानिसहरू कडा परिश्रम गर्न चाहँदैनन्, तर आफूले गरेको भन्दा बढी पाउन चाहन्छन्। तर त्यो सम्भव छैन । विदुर नीतिका अनुसार कडा मेहनत नगरी  कुनै आशीर्वाद पाउँदैनन् । यस्ता मानिसले आफ्नो जीवनमा कहिल्यै प्रगति गर्न सक्दैनन् । त्यसैले जीवनमा अगाडि बढ्ने हो भने कडा परिश्रम गर्नु आवश्यक छ ।

सरसफाइ : सरसफाइ नभएको घरमा धनको पूर्ति पनि हुँदैन । विदुर नीतिका अनुसार जहाँ सरसफाइ हुन्छ त्यहाँ मात्र लक्ष्मीको वास हुन्छ । त्यसैले सरसफाइ पनि आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ