arrow

आयल निगमको नमूना पेट्रोल पम्प नेपालगञ्जमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
270067353_191401766479128_864922030791453628_n.jpg

नेपालगञ्ज । नेपाल आयल निगमले नेपालगञ्जमा नमूना पेट्रोल पम्प संचालनमा ल्याएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित आदर्शनगरमा आयल निगमले नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । उक्त पेट्रोल पम्पको बुधबार नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्घाटन गरे ।

तीन करोड ६७ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त पम्प निगमको नेपालगञ्ज डिपो मातहतमा सञ्चालन भएको हो । निजी क्षेत्रको लगानीमा पम्प सञ्चालन गर्दै आएकोमा निगमले नमूनाको रुपमा नयाँ पम्प सञ्चालनमा ल्याएको हो । यो पम्प पूर्ण स्वचालित रहेको छ। 

निगमले यसअघि भैरहवामा आफ्नै स्वामित्वमा पहिलो पम्प सञ्चालन गरेको थियो । अत्याधुनिक प्रविधि जडान गरिएको उक्त पम्प व्यवसायीले अनुशरण गर्न सकुन् भनेर निर्माण गरेको प्रबन्ध निर्देशक पौडेलले बताए । 

एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा भूमिगत ट्यांकी रहेको उक्त पम्पमा इटालियन अटोट्यांक गेजिङ प्रविधि जडान गरिएको छ। इन्धन ढुवानी गर्ने ट्यांकरबाट पम्पमा तेल अनलोड गर्दादेखि सवारी साधनमा तेल भर्नसम्म सबै डिजिटल प्रविधि जडान गरिएको छ। 

पम्पमा तेल अनलोड भएदेखि ट्यांकीमा भएको र बिक्री भएको सबै जानकारी कम्युटर प्रणालीमार्फत लिन सकिने भएकाले चुहावट नहुने दाबी गरिएको छ । यसमा पूर्ण पारदर्शीको ग्यारेन्टीसमेत गरिएको छ । 

निजी क्षेत्रले सञ्चालन गरेका पम्पहरु व्यवस्थित नभएको गुनासो आइरहेको अवस्थामा निजीलाई प्रोत्साहित गर्ने उद्धेश्यले यो नमूना पम्प संचालनमा ल्याइएको हो । 

उक्त उद्घाटन कार्यक्रममा निगमका नायव कार्यकारी निर्देशक सुशिल भट्टराई, वितरण विभाग प्रमुख दीपक बराल, निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोखरेल लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ