- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् ।
यही पुस २६ हुने उक्त प्रतियोगितामा नेपालबाट पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्नेछन् । पुष्पा र किरणले भने गत संस्करणमा पनि सहभागिता जनाएका थिए ।
त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए । नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
तीन खेलाडीसहित चार सदस्यीय नेपाली एथलेटिक्स टोली भोलि बङ्गलादेशको ढाका प्रस्थान गर्दैछ । टोलीका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् ।