arrow

देशको उन्नति र प्रगति हुने शिक्षा नीति आवश्यक छः मन्त्री बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
Ramji Baral.jpg

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले देशको उन्नति र प्रगति हुने शिक्षा नीति आवश्यक भएको बताएकी छिन् । पोखरास्थित एसओएस हर्मन माइनर विद्यालयको ३८ औं वार्षिक खेलकुद दिवस मन्त्री बरालले हाल शिक्षा क्षेत्र अस्तव्यस्त देखिएको भन्दै देशको उन्नति र प्रगति हुने शिक्षा नीति आवश्यक भएको बताए ।

नेपालको शिक्षा नीति समय सापेक्ष नभएको भन्दै मन्त्री बरालले शिक्षासंगै विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि खेलकुदसमेत आवश्यक भएको स्पष्ट पारे । खेलकुदमा आम जनताको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिंदै मन्त्री बरालले खेलकुदले व्यक्तिलाई अनुशासित र शारीरिक रुपमा मजबुद बनाउन भूमिका खेल्ने बताए । 

विद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रिन्सिपल किरण सापकोटाले पनि बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ