- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोहलपुर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बाँके प्रदेश क्षेत्र १ ख ले कोहलपुरमा शनिबार गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले पार्टी कब्जाको रणनीति अनुसार नेताहरू अगाडि बढेका कारण पार्टीमा गुट उपगुटको जन्म भएको बताउँदै गुट उपगुट अन्त्य गरेर नेपाली कांग्रेसलाई नेपालको एक नम्बरको पार्टी बनाउन प्रत्येक नेता कार्यक्रता लाग्नुपर्ने बताए ।
सभापति पुनले लुम्बिनी प्रदेशमा जनताको मन जितेर नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने योजना बनाउने बताए । सभापति पुनले पार्टीमा सबैलाई समान अवसरको बाताबरण बनाएर अगाडि बढे मात्र नेपाली कांग्रेसलाई कसैले हराउने नसक्ने बताए । उनले नेपाली काँग्रेस लुम्बिनी प्रदेशले नेता कार्यकर्ताहरुको सम्मान र मूल्यांकन गर्ने भन्दै कसैलाई पनि अन्याय नहुने बताए ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसीले कांग्रेस विधि बिधान अनुसार संचालन भएन भने आगामी दिनमा कांग्रेसको अवस्था दयनीय हुने बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डेले जनता र कार्यकर्ताहरुले पत्याएको नेतालाई अगाडि बढाउनुपर्ने बताइन् । सम्मान कार्यक्रम प्रदेश १ ख का सभापति बलराम शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।