arrow

चेपाङ महिलाहरुको शसक्तीकरणका लागि ‘पुतलीको घर’ नाटक मन्चन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
putaliko ghar.jpg

काठमाडौं । चेपाङ समूदायका महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले वमेन इन रोटरी कमिटी डिष्ट्रिक ३२९२ ले शनिबार काठमाडौंको नाचघरमा ‘पुतलीको घर’ नाटकको च्यारिटी मन्चन गरेको छ ।

चर्चित रंग कलाकार निशा शर्माको मुख्य भूमिका रहेको नाटकबाट संकलित रकम मकवानपुरको राक्सिराङका चेपाङ महिलाहरुको आयस्तर बढाउन मौरी पालन तालिम साथै आर्थिक शसक्तिकरण गर्न सहयोग गर्ने उद्देश्य रहेको वमेन इन रोटरी कमिटी डिष्ट्रिक ३२९२ की को-चियर लाक्पाफूटी शेर्पाले जानकारी दिइन ।

महिलाहरुलाई आर्थिक रुपमा शसक्त बनाइ समाजमा विद्यमान चेलीबेटी बेचविखन, वालविवाह, अशिक्षा जस्ता कुरुतीहरुलाई हटाउन आर्थिक शसक्तिकरण जरुरी रहेकाले आफूहरुले सानो प्रयास स्वरुप नाटकको च्यारिटी मन्चन गरिएको उनले बताइन ।

कार्यक्रमका बारेमा प्रकाश पार्दै रोटरीको लक्ष्य भनेको आँशुलाई पनि हाँसोमा बदल्ने रहेकाले सोही अनुरुप प्रयास गरिएको वमेन इन रोटरीकी चियर सपना रिजालले बताइन । कार्यक्रममा डिस्टिक गभर्नर इलेक्ट रोटरियन जितेन्द्र राजभण्डारीले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा रोटरी कमिटी डिष्ट्रिक अफिसियल, रोटरियन रोट्रयाक साथै अन्य अतिथिहरुसहित पाँच सय जनाको सहभागीत थियो । हेनरिक इब्सनको ‘पुतलीको घर’ सुनिल पोखरेलले अनुवाद तथा निर्देशन गरेका हुन् ।


 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ