महेश बाबू संक्रमित भएका बेला दाजुको निधन, भावुक बनेर गरे बिदाइ
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
689
Shares
काठमाडौं । फिल्म निर्माता तथा दक्षिण भारतीय सुपरस्टार महेश बाबूका जेठा दाजु अभिनेता-निर्माता रमेश बाबूको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । रमेश बाबू वरिष्ठ तेलुगु स्टार कृष्णाका जेठा छोरा हुन्।
उनको ५६ वर्षको उमेरमा शनिवार निधन भएको हो । उनको निधनपछि उद्योगीहरू स्तब्ध भएका छन् । रमेश बाबूको निधनमा धेरै सेलिब्रेटीले शोक व्यक्त गरेका छन् ।
केही दिन अघि महेश बाबूलाई कोरोना पोजेटिभ भएको थियो । रमेश बाबूको निधन भएको समय महेश बाबू संक्रमित बनेका छन् । एक दिनअघि ७ जनवरीमा महेश बाबूले आफैँले ट्विट गर्दै कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए । अव उनी दाजुको अन्तिम बिदाइमा जान नपाउने सम्भावना रहेको छ ।
महेश बाबूले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा दिवङ्गत दाजुलाई भावुक श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले लेखेका छन्, " तपाई मेरो प्रेरणा हुनुहुन्थ्यो। तपाई मेरो हिम्मत । । तपाई नै मेरो सब थोक हुनुहुन्थ्यो। यदि तपाई नभएको भए म आज जति छु त्यसको आधा पनि हुने थिइनँ। तपाईँले मेरो लागि गर्नुभएका कुराहरूको लागि धन्यवाद। अब आराम गर्नुहोस् ... आराम गर्नुहोस् ... यो जन्म र अर्को सबै जन्ममा तपाई नै मेरो ‘अन्नया’हुनेछौ। तपाईँलाई सधैँ र सधैँ भरि माया।"