arrow

आङसाङ सुकीलाई थप चार वर्षको जेल सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
aung-san-suki.jpg

काठमाडौं । ‘कू’ गर्दै सत्ता कब्जामा ल्याएको म्यानमारी सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । यस पटक सुकीमाथि लाइसेन्सबीनाको सञ्चार उपकरण प्रयोग गरेकोमा दोषी ठहर गरिएको छ ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकी नेतृत्वको जननिर्वाचित सरकारलाई हटाउँदै कू गरेको थियो। त्यसयता उनलाई नजरबन्दमा राखिएको छ ।

यसअघि सुकीलाई गत डिसेम्बरमा कोरोना महामारीको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो। अन्य विभिन्न आरोपमा सुकीमाथि सय वर्षभन्दा बढी सजाय हुनसक्ने सजाय अदालतले तोकेको छ ।

म्यानमारमा सेनाको कुविरुद्ध जनताहरुले प्रदर्शन गरिरहे पनि केही फरक पर्न सकेको छैन् । सेनाविरोधी प्रदर्शनको क्रममा १४ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। सुकीलाई तोकिइरहेको सजायको एवं म्यानमारी सैन्य कुको विश्वभर विरोध एवं आलोचना हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ