arrow

हामी फेरि सरकारको नेतृत्वमा पुग्नेछौँ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
oli-sankhuwashaba.PNG

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुन सरकारको नेतृत्वमा पुग्ने बताएका छन् । सङ्खुवासभामा एमालेको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । अहिले आफूहरू जनतालाई अधिकार र सेवा दिन सक्ने हैसियतमा रहेको बताउँदै उनले भने, “हामी फेरि जनादेशबाट सरकारको नेतृत्वमा पुग्नेछौँ ।” 

पूर्व प्रधानमन्त्री ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेलाई नवप्रवेशलाई कहिल्यै पश्चात्ताप नहुने ठोकुवा गरे । “अब कोही पनि अलमलिइरहनु पर्दैन । आउनुस्, एमालेमा हामी स्वागत गर्न चाहन्छौँ । एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी हो ।” अध्यक्ष आलीले भने, “नेपालमा लोकतान्त्रिक आन्दोलन ध्वस्त भएमा बेलामा हामीले सानो शक्तिबाट झापा विद्रोहका नाममा सङ्घर्षको बिगुल फुकेका थियौँ ।” 

 अध्यक्ष ओलीले समयमा स्थानीय तहको निर्वाचन नगराएर ती तहलाई जनप्रतिनिधि बनाएर कर्मचारीको भरमा चलाउने षड्यन्त्र गरेको आरोप लगाउँदै देशलाई स्वाभिमानपूर्वक सुशासन र विकासको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन जनताले पुनः एमालेलाई सरकारको नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गरे । 

उनले खाँदबारी-किमाथाङ्का सडकको बाँकी १४ किलोमिटर बाटो बनाउन आफ्नो नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको र विराटनगरदेखि किमाथाङ्कासम्म चल्ने अन्तर्राष्ट्रियकरण मार्ग चाँडै खुल्ने जनाए । सङ्खुवासभामा रहेको ९०० मेघावाट क्षमताको अरुण-३ जलविद्युत आयोजनाको आफूले प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको र जिल्लालाई यहाँका उत्पादन र रोजगारीको सम्भावनालाई उजागर गर्ने एमालेको अवधारणा रहेको बताए ।

 जिल्लामा विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय खोल्न आफूले थालनी गरेको र त्यसले नेपालको आयुर्वेदिक चिकित्सा प्रणालीलाई विश्व सामु चिनाउन समर्थ हुने बताए । शिक्षा तथा स्वास्थ्य पर्यटन, औषधालय र कृषि उत्पादन आदि क्षेत्रमा सङ्खुवासभा प्रचुर सम्भावनायुक्त जिल्ला भएकाले ती सम्भावनालाई उजिल्याउन एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए । अध्यक्ष ओलीले एमालेको काँधमा रहेको देश बनाउने अभिभारा पूरा गर्न नदिने बाधा-व्यवधान पन्छ्याउने गरी सहमतिमा आधारमा जिल्ला अधिवेशन सम्पन्न गराउन आग्रह गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ