arrow

उपत्यकामा थामिनसक्नु संक्रमित, एकैदिन थपिए १२ सय ३६, प्रशासन आदेशमात्र जारी गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
kathmandu-valley.jpg
तस्बिर– फाइल

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारीको तेस्रो लहर निकै शक्तिशाली शैलीमा फैलिएको छ । उपत्यकामा मंगलबार एकैदिन १२ सय ३६ संक्रमित थपिएका छन् । 

जसमा काठमाडौंका मात्रै ९८० जना हुन् । त्यस्तै ललितपुरका २२१ तथा भक्तपुरका ८५ जना हुन् । संक्रमितको दर पनि बढेर १८.६ प्रतिशत पुगेको छ । योसंगै सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । 

उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ५ हजार ३१० पुगेको छ । जसमा काठमाडौंमा मात्रै ३ हजार ५२१, ललितपुरमा १ हजार ९० तथा भक्तपुरमा ६९९ जना रहेका छन् । 

संक्रमण बढे पनि अझै भेला र जमघट हुन छाडेको छैन । आज मात्रै सडकमा हजारौंको संख्यामा पृथ्वीजयन्तीको अवसरमा सर्वसाधारण भेला भएका थिए । आजदेखि विद्यालय बन्द भए पनि क्याम्पस चालु नै छन् । 

त्यस्तै अन्य कार्यालयहरुमा पनि ठूलै क्षमताका काम भइरहेको छ । सर्वसाधारणको घुइँचो हुने स्थानमा पनि सचेतना अपनाएको पाइएको छैन । यदि यस्तै लापरबाही केही दिन रहने हो भने पहिलो र दोस्रो लहरमा भन्दा उपत्यकामा तेस्रो लहरले ठूलो क्षति गर्ने निश्चित छ । 

जिल्ला प्रशासन कार्यालयहरुले व्यवहारमा लागू हुने गरी कडा नियम लगाउनुको सट्टा २५ जना बढी भेला नहुनु भनी आदेश जारी गरेको छ । यसअघि पनि यस्तै आदेश जारी हुँदा उल्लंघन भएको थियो । 

आज जारी गरिएको आदेशमा माघ ७ गतेदेखिको नियम पनि लगाइएको छ । जबकि त्यो बेलासम्म उपत्यकामा थप भयावह स्थिति आउने आँकलन प्रशासनले गरेको पाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ