arrow

सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
kmc-helath1.PNG

भक्तपुर। भक्तपुर नगरपालिका–४ सूर्यविनायकमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)  र बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

मिनर्वा इङ्लिस स्कुलमा भएको शिविरमा ९८१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १८२ जनाको रक्त परीक्षण, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत निकालिएको छ ।

शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ