arrow

आफ्ना कुरा बताउन नहुने तीन मानिस

logo
विदुर नीति, 
प्रकाशित २०७८ पुष २८ बुधबार
king-and-sadhu-vidur.jpg

काठमाडौं । विदुर नीति महाभारतको महत्त्वपूर्ण पात्र महात्मा विदुरले रचेको एक नीति पुस्तक हो । यस नीतिमा समाज र मानिसहरूको हितका लागि भनिएको छ ।

विदुर एक उच्च विद्वान र कुशल रणनीतिकार थिए । भनिन्छ कि महात्मा विदुरको समझदारी र  भगवान् कृष्णको साथ पाएर पाण्डवहरूले महाभारत युद्धमा कौरवहरूलाई पराजित गरेका थिए । 

हाम्रो जीवनमा केही चीजहरू छन्, जुन हामी गोप्य राख्न चाहन्छौँ। तर धेरै पटक हामी जानाजानी त्यस्ता व्यक्तिहरूसँग आफ्ना गोप्य कुरा साझा गर्दछौँ जसले त्यसलाई सार्वजनिक गरिदिन्छन् । विदुर नीतिका अनुसार तीन प्रकारका व्यक्तिहरूलाई कहिले पनि आफ्ना रहस्यहरू भन्नु हुँदैन।

धेरै बोल्ने
कुराकानी गर्ने प्रकृतिको मानिसहरू कहिल्यै आफ्नो रहस्यहरू प्रकट गर्न हुँदैन । महात्मा विदुरले भनेका छन् कि अधिक बोल्ने व्यक्तिले कसैको भावना र विचार सुनेर समय आएसँगै आफ्नै हितमा प्रयोग गर्ने कोसिस गर्छ ।

लोभी
विदुर नीति अनुसार जो व्यक्ति लोभी स्वभावको छ त्यस्तोलाई आफ्नो गोप्य कुरा कहिले पनि भन्नु हुँदैन। महात्मा विदुरले भनेका छन् कि लोभी व्यक्ति कसैको विश्वासयोग्य हुन सक्दैन। त्यस्ता व्यक्तिहरूले सानो लोभमा परेर आफ्नो इमानलाई बेच्ने गर्छन् ।

चतुर
एक चलाख व्यक्तिलाई पनि आफ्नो रहस्य कहिले प्रकट गर्नु हुँदैन। विदुरले भनेका छन् कि जो मानिस चलाख हुन्छन् ती वास्तवमा रहस्य बताउन लायक हुँदैनन् । यदि तपाई आफ्नो जीवनमा त्यस्ता व्यक्तिलाई महत्त्व दिँदै हुनुहुन्छ भने तपाईले सोचविचार गरी काम गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ