arrow

पोखरामा पुलिसको अपराजित यात्रा कायमै, एपीएफ बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Volleyball.jpg

पोखरा । पोखरामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिपमा नेपाल पुलिस क्लवले अपराजित यात्रा कायमै राखेको छ ।

महिलातर्फको खेलमा आयोजक टिम टाइगर ग्रुपले भने लगातार आफ्नो खेल गुमाएको छ । पुलिसले अर्काे विभागीय टोली नेपाल एपीएफ क्लवलाई ३-१ को सेटमा पराजित गर्दा टाइगर ग्रुप न्यू डायमण्डसंग ३-० को सोझो सेटमा पराजित भयो । 

पुलिसले तीन खेलबाट आठ अंक आफ्नो पक्षमा पार्न सफल भएको छ भने एपीएफले लगातार तेस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

अर्काे खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लवले विभागीय त्रिभुवन आर्मी क्लबमाथि ३-० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । 

महिलातर्फ नेपाल एपिएफले होवाङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लवमाथि ३-२ को जित दर्ता गरेको छ । 

यसैगरी पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । टाइगर ग्रुपको यो लगातार दोश्रो पराजय हो । माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधि विजेता टिमलाई समान नगद रु. ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला/पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।



नयाँ