arrow

शिक्षाविद् शेरचनसहित कास्कीका ४ विद्यालय सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Samman.jpg

पोखरा । शिक्षाविद् विकल शेरचन पोखरामा सम्मानित भएका छन्। एनप्याव्सनले कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरेको हो । नेशनल प्याव्सन कास्कीको २४ औं स्थापना दिवसका अवसमा उनी सम्मानित भएका हुन् ।

संस्थाले एन प्याव्सनमा आवद्ध विद्यालय हिल साइड इङ्लिस स्कूल, होली माउण्ट इङ्लिस स्कूल, शान्ति बाटिका इङ्लिस स्कूल र इम्मानुयल स्कूललाई सम्मान गरेको छ।

उक्त अवसरमा नप्याव्सन कास्कीका कार्यालय सचिव पनि सम्मानित भए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख विष्णु नारयण श्रेष्ठ संस्थागत विद्यालयको योगदानलाई सम्मान गर्नुपर्ने बताए । ‘तपाईहरु निष्पक्ष, स्वच्छ, ईमान्दार र कर्तव्यनिष्ठ भएर विद्यालय सञ्चालन गर्नुहोस्’, उनले भने, ‘तपाईहरुले सञ्चालन गरेको विद्यालय जेसुकै चुनौती आएपनि डगमगाउने छैन ।’

पछिल्लो समय मान्छेले काम नपाउने र कामले मान्छे नपाउने स्थिति भएकोले अब गुणस्तरसँगै प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले संस्थागत विद्यालयको पेशा र सेवा दुवै जोडिने भएकोले संस्थागत विद्यालयका सञ्चालकले लगानीको चिन्ता लिनु नपर्ने बताए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य विकासका निम्ती हुने द्धन्द्धलाई नेगेटिभ रुपमा लिन नहुने प्रष्ट पारे ।

कार्यक्रममा एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष याम खड्का, केन्द्रीय सदस्य राम थापा, केन्द्रीय सदस्य रामबहादुर मोची, शिक्षाविद् विकल शेरचन, हिसान कास्कीका अध्यक्ष याम रोक्का, प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल लगायतले बोलेका थिए ।

एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ