- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वियन टेनिस सुपरस्टार नोभाक जोकोभिचले कोरोना भाइरसको सङ्क्रमण भएपछि पनि आफूलाई आइसोलेसनमा नराखेको स्वीकारेपछि उनको आलोचना हुँदै आएको छ । जाकोभिचले डिसेम्बर १६ मा सङ्क्रमण पुष्टि भएको दुई दिनपछि एक पत्रकारलाई अन्तर्वार्ताका लागि भेटेको बताएका थिए ।
अस्ट्रेलियन ओपन टेनिस खेल्नका लागि उनले अष्ट्रेलियाकको भिसा पाउन अनिवार्य छ । तर अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचको भिसा रद्द गर्ने कि नगर्ने भन्ने बारे निर्णय गर्देछन् ।
सङ्क्रमण पुष्टि भइसकेपछि पनि एक पत्रकारलाई अन्तर्वार्ता दिनुका साथै जोकोभिचले फोटो सुट समेत गरेका थिए ।
यसै विषयलाई लिएर अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताएका छन् ।
मोरिसनले कोभिड-१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् ।
योसँगै जोकोभिचले सन् २०२२को अस्ट्रेलियन ओपन टेनिस खेल्न पाउन हुन् कि हैन त्यो हेर्न बाँकी छ ।