arrow

कम्युनिष्टसँगको सहकार्य तत्काल तोड्नु पर्दछ : नेता भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
shankar_bhandari.jpg

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले कम्युनिष्टहरुसँगको सहकार्य तत्काल तोड्नुपर्ने बताएका छन् ।

कम्युनिष्ट सँगको सहकार्य जति बढायो त्यति नै कांग्रेसलाई घाटा हुने हुँदा सहकार्य तत्काल तोड्नुपर्ने भण्डारीको जिकिर छ । 

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापन कार्यक्रममा उनले कम्युनिष्टहरुलाई कांग्रेसले सधैँ विश्वास गर्दै आएको भए पनि कांग्रेसले गर्दै आएको विश्वासमाथि घात गर्ने काम कम्युनिष्टहरुबाट हुने गरेको स्पष्ट पारे ।

मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा रहेको हुँदा आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउनका लागि कांग्रेस आजैदेखि तयारीमा जुट्नुपर्ने समेतमा उनले जोड दिए ।

खास गरी निर्वाचनका तयारीका लागि वडा तहसम्म कार्यक्रम लिएर जिल्ला कार्य समिति जानुपर्ने पार्टीको आन्तरिक प्रतिस्पर्धाको प्रतिशोध आजै त्याग्नुपर्ने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ