arrow

राष्ट्रलाई योगदान दिन राजनीतिमा आएको हुँ : सभापति पुनमगर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
amarsingh-punmagar-lumbini-president-congress.jpg

रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले राष्ट्रको लागि केही योगदान दिन आफू राजनीतिमा आएको बताएका छन् । नेपाली कांग्रेस रोल्पाद्वारा नवनिर्वाचित प्रदेश सभापति पुनको सम्मानमा आयोजित बधाई तथा शुभकामना समारोहमा राष्ट्रलाई योगदान दिन आफू राजनीतिमा आएको बताएका हुन् । 
 
प्रदेश सभापति पुनले भने, ‘सम्पूर्ण पेशा व्यवसाय र सुखद जीवन त्यागेर राजनीतिमा आएको हुँ । मेरो एउटा निर्विकल्प पेशा भनेको राजनीति हो । म मेरो जिल्ला, प्रदेश र समग्र राष्ट्रलाई केही योगदान दिने संकलन र अठोटसहित राजनीतिमा आएको हुँ ।’ 

सभापति पुनले सक्षम र क्षमतावान युवाहरूको आकर्षणको केन्द्र अब कांग्रेस बनाउनु पर्ने खाकासहित लुम्बिनी कांग्रेसले योजना बनाइरहेको बताएका छन् ।

उनले आफ्नो गृह जिल्ला रोल्पाका कांग्रेस नेता तथा कार्यकर्तालाई साक्षी राखेर रोल्पाको शिर निहुराउने कुनै काम नगर्ने प्रतिज्ञासमेत गरेका छन् उनले निर्वाचनपछिको हार्दिकतालाई कायम राख्दै संगठन निर्माण, सबलीकरण तथा सुढृढीकरणमा लाग्नुपर्ने अनुरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ