- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरलाई कोरोना संक्रमण भएको छ । कोरोना पुष्टि भएपछि उनी नेपालगञ्जस्थित घरमै आइसोलेसनमा बसेका छन् ।
सहमहामन्त्री निर्वाचित भएपछि केही दिन यता बाँके र बर्दियाका विभिन्न कार्यक्रममा सहभागी भएका राठौरले बुधबार साँझदेखि ज्वरो आएपछि पीसीआर परीक्षण गराएका थिए ।
उनलाई ज्वरो आएको छ । त्यस बाहेक उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।