arrow

एनबी बैंक नबिल बैंकमा समाहित गर्ने सम्झौतापत्रमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
271487632_1981475085388094_4048871064374004785_n.jpg

काठमाडौं । नेपालको निजी क्षेत्रको नम्बर एक नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रक्रियाको औपचारिक शुरुआत गरेको छ । दुई बैंकको संयुक्त मर्जर कमिटीले स्वाप रेस्यो लगायतको प्रकृया बुधबार टुङ्ग्याएर बिहीबारलाई एमओयू गरेका हुन् । यो सम्झौता नेपाली बैंकिङङ क्षेत्रकै ठूलो मानिएको छ।

बिहीबार समझदारी पत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट संयोजक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेर समझदारीपत्र आदानप्रदान गरेका छन् ।

एनबी बैंकमा रहेको बंगलादेशको ढाकास्थित आईएफआईसी बैंकको ४१ प्रतिशत सेयर नबिल बैंकको मुख्य लगानीकर्ता चौधरी ग्रुपले किन्ने सहमति भएपछि मर्जर अगाडि बढेको हो ।

नबिल बैंकको अहिले चुक्ता पुँजी १८ अर्ब ३७ करोड रुपैयाँ छ । एनबी बैंकको १० अर्ब ८ करोड रुपैयाँ छ । प्रतिकित्ता ४३ रुपैयाँको दरले एनबी अक्वायर गरेपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ३७ करोड रुपैयाँको पुग्नेछ । 

कर्जा रकम ३ खर्ब, निक्षेप रकम ३ खर्ब १४ अर्ब हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ अर्ब ३० अर्बमाथि पुग्ने बैंकले जनाएको छ । त्यसैगरी शाखा संजाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक संख्या १६ लाखमाथि हुने बैंकले जनाएको छ ।

बिहीबार सम्पन्न सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहसहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ