arrow

बाइडेन प्रशासनको खोप नीति सर्वोच्च अदालतबाट खारेज 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
joe-biden.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो । 

कम्तीमा एक सय कर्मचारी रहेका कार्यलयमा सो नियम लागु गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यालयहरुलाई निर्देशन जारी गरेको थियो । सरकारको सो निर्देशनमा करिब आठ करोड ४० लाख कर्मचारी समेटिन्थे ।

सो नीति सरकारको क्षेत्राधिकार बाहिर भएको अदालतले ठहर गरेको छ । सर्वोच्चका नौ न्यायाधीशमध्ये ६ जनाले राष्ट्रपतिको नीतिविरुद्ध फैसला गरेका थिए ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको आदेशको स्वागत गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई क्षति पुर्याउने बताएका छन् । ‘सर्वोच्चको पछिल्लो फैसलाको हामी सम्मान गर्छौ ।’ 

सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने बाइडेन प्रशासनको नीतिलाई भने अदालतले स्वीकृत जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ