arrow

‘म मरेँ भने’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
4643646.JPG

काठमाडौं। गायक मनोजराज शिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म मरेँ भने’ बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत   मनोजराजकै रहेको छ । 

कृष्ण पौडेलले निर्देशन गरेको भिडियो शब्द अनुसार भावुक बनेको छ । आमेश भण्डारीले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोले दर्शक श्रोताको मन छुनेमा निर्माण पक्ष आशावादी रहेको छ । 

इन्दू दनुवारले पनि भिडियोमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरेकी छिन् । अनुभवी निर्देशक कृष्ण पौडेलले गरेको मेहनत भिडियोमा देखिन्छ ।

सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् । तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोमा आमेश भण्डारी, इन्दू दनुवार, मिलन दाहाल र अशोक रोक्का फिचर्ड छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ