- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । नेपाली कांग्रेसका नेता तथा नोबेल मेडिकल कलेज साथै काठमाडौं मेडिकल कलेज केएमसीका सञ्चालक डा. सुनिल शर्मामाथि शुक्रबार सिंहदरबार परिसरमा भएको दुर्व्यवहार आपत्तिजनक भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न कांग्रेस बेलबारीले माग गरेको छ ।
शनिबार बेलबारीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘कानूनी राज्यमा लोकतन्त्रको उपहास भयो, दोषी जो कोहीलाई कारबाही हुनुपर्छ’ । बेलबारी कांग्रेसले कसैले कानूनी राज्यको उपहास नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।
कांग्रेस बेलबारीका नगरसभापति छत्र लिम्बूले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्यार्थी संगठनका केही भिजिलान्तेहरुले शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिरिने क्रममा शर्मामाथि भएको दुर्व्यवहार आपत्तिजनक रहेको बताइएको छ । उक्त घटनामा संलग्न जो कोहीलाई कानूनी कारबाहीको माग गरिएको छ ।
डा. शर्मा गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत हुन् ।