- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । आगामी माघ १५ गते हुन लागेको नेपाली कांग्रेस धनुषा जिल्ला अधिवेशनमा सभापतिका लागि वर्तमान उपसभापति सन्तोष कुमार यादवले उम्मेदवारी घोषणा गरेका छन् । शनिवार पत्रकार सम्मेलन गरि सभापतिमा यादवको उम्मेदवारी घोषणा गरेका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, आनन्द प्रसाद ढुङ्गाना , सहमहामन्त्री महेन्द्र यादव , प्रदेश अध्यक्ष कृष्णा प्रसाद यादव सहितका नेताहरूले देउवा पक्षबाट संयुक्त रूपमा धनुषा सभापति पदमा सन्तोष कुमार यादवको उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियार जोगी सभापतिको उम्मेदवार घोषणा गरिसकेका छन्। पजियारको नाम प्रदेश नम्बर दुईका संसदीय दलका नेता रामसरोज यादवले प्रस्ताव र धनुषा सभापति महेशशंकर गिरीले यादवको प्रस्तावलाई समर्थन गरेका छन् । जोगीलाई टक्कर दिन देउवा पक्षले यादवलाई उठाएका हुन् ।
यादवलाई सभापतिको उम्मेदवार घोषणा गर्दै केन्द्रीय सदस्य रिजालले मुलुकमा आर्थिक क्रान्ति, राजनीतिक विकृति र सामाजिक विकृति हटाउन, धार्मिक विभेद अन्त्य गर्न, अगामी तीन तहको निर्वाचन गराउन जिम्मेवारी हाम्रो काँधमा रहेको नेता रिजालले जानकारी गराए।
केन्द्रीय सदस्य रिजालले सभापति शेरबहादुर देउवाको काँधमा धेरै जिम्मेवारी रहेको र अगामी तीन तहकै निर्वाचनमा काँग्रेका उम्मेदवारलाई जिताउन सबैमा आग्रह समेत गरे ।
त्यस्तै पार्टीका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले सन्तोष यादवको पार्टी भित्र ठुलो लगानी रहेको बताए । यादवले २०४६ सालदेखि नै पार्टीमा आबद्ध भई नेपाली जनताको अधिकारका लागि लड्दै आएकोले जिल्ला सभापतिमा निर्वाचित गराउन सबैमा आग्रह गरे ।
त्यसै गरी कांग्रेसका प्रदेश अध्यक्ष कृष्णा यादवले तीनै तहको निर्वाचनलाई उपलब्धि मूलक बनाउनका लागि देउवा पक्षको उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।
सभापतिका उम्मेदवार यादवले आफू सभापतिमा विजयी भए अहिलेसम्म नभएको कार्य गरेर देखाउने ठोकुवा गरे। उम्मेदवार यादवले जिल्ला लथालिङ्ग को अवस्था रहेको जिल्ला समितिलाई चुस्त दुरुस्त बनाएर सबै जनालाई मिलाएर लिएर जाने बताए ।
प्रदेश २ को पहिलो अधिवेशन सम्पन्न भएसँगै बाँकी १६ जिल्लाको अधिवेशन हुदैछ । वाकी रहेको १६ जिल्लामा प्रदेश २ कै आठ वटै जिल्ला अधिवेशन रहेको छ । यस अघि पुष २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रीय कार्यालयले सर्कुलेशन जारी गरेको थियो ।