arrow

एक महिने माधवनारायण मेलाबारे अन्योल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
madhav-narayan.jpg

भक्तपुर ।भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा सुरु हुने भनिएको माधवनारायण ब्रत तथा मेला अन्योलमा छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको उक्त मेलाबारे यस वर्ष कोरोनाका कारण अन्योल भएको हो । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला सोमबारदेखि सुरु हुने भए पनि कोरोना भाइरसका कारण आजसम्म अन्योल नै छ । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी नहुन निर्देशन दिएको छ । ब्रतालुले आज जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकामा ब्रत तथा मेला निरन्तरताको माग गरेका छन् । 
    
माधवनारायण धलौँ (ब्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले सयौँ वर्षदेखिको मेला अन्योलमा परेको र परम्परा रोकिने डर भएपछि प्रशासन र नगरपालिका धाएको  बताए। ब्रत बस्ने सबैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र ब्रत परम्परा धान्न नौ जनाभन्दा बढी ब्रतालु नबस्ने गरी परम्रपरा चलाउन खोजेको उनले बताए । 
    
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परम्परा र धार्मिक कार्य रोक्ने प्रशासनको मनसाय नभएको तर २५ जनाभन्दा कम सङ्ख्यामा स्वास्थ्य मापदण्ड अपनाएर परम्परा चलाउन सकिने बताए। हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिन हनुमानघाटस्थित त्रिवेणमा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि सुरु हुने ब्रत माघ शुक्ल पूर्णिमामा सम्पन्न हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ