arrow

पार्टीमा कुनै असहजता छैन : गच्छदार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
Bijay-Gachhadar-news-a.jpeg

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनीत गरिसकेको प्रसङ्ग उल्लेख गरे । उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वाभाविक भएको र यो बिस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे ।

 पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वाभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रूपमा लिएको स्पष्ट गरे । 
उनले आगामी निर्वाचनमा पार्टी एक ढिक्का भएर लाग्नुपर्ने धारणा पनि राखे । उनले तीनै तहको निर्वाचन एकै पटक वा अलगअलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताए ।
 
अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई बिर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकर्ता र नेताहरू आगामी दिनमा एक ढिक्का भई अघि बढ्नुपर्ने उनको सुझाव थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ